जनता टाइम्स

२५ असार २०७६, बुधबार १०:०६

भोजपुर अपडेट : भिडन्तमा प्रहरी जवान सञ्जीव राई र बिप्लवका ओखलढुंगा इञ्चार्ज निरकुमार राईको मृत्यु


भोजपुर, असार २५

नेत्रबिक्रम चन्द नेतृत्वको माओवादी समुहले भोजपुरमा ड्यूटीमा रहेका प्रहरीमाथि गोली प्रहार गरी हत्या गरेको छ । आज बिहान भएको सो आक्रमणपछि जवाफी कार्वाहीमा बिप्लव माओवादीका ओखलढुंगा इञ्चार्ज मारिएका छन ।

प्रहरीका अनुसार भोजपुरमा बिप्लव नेतृत्वको माओवादी समुहले एक्कासी गोली प्रहार गरेपछि दोहोरो भिडन्त भएको थियो । सो क्रममा बिप्लवमा ओखलढुंगा इञ्चार्ज निरकुमार राई मारिएको प्रहरीको भनाई छ । बिप्लव समुहको आक्रमणमा प्रहरी जवान संजीव राईको ज्यान भगएको छ ।

बिप्लव समुहले सुरक्षाकर्मीमाथि गोली हान्ने वा आक्रमण गर्ने नीति नभएको बताए पनि हतियार संकलन र आक्रमणका घटना बढाएको छ ।