जनता टाइम्स

२६ चैत्र २०७८, शनिबार ०८:४०

दौडधुपमा ओली, एकै दिन चार कार्यक्रम


काठमाडौं, चैत २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अपाङ्ग संघको राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै हुनुहुन्छ ।

बिहान ९ बजे संघको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । यसपछि अध्यक्ष ओलीले विभिन्न पार्टीबाट आएका नेताहरूलाई पार्टीमा प्रवेश गराउने छन् ।

काठमाडौं उपत्यकामा हुने यी दुई कार्यक्रमपछि भने अध्यक्ष ओली आजै पर्वत र बाग्लुङ जाने कार्यक्रम छ । जिल्ला कमिटी पर्वत र बाग्लुङले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।