जनता टाइम्स

२५ असार २०७६, बुधबार १२:४६

एनआरएन युके निर्वाचन : यस्तो छ महिला संयोजककी उम्मेद्वार क्षमताको अठोट


लन्डन, असार २५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको आगामी सेप्टेम्बर १४ मा निर्वाचनमा महिला हिंसाबिरुद्ध निडरताका साथ आवाज उठाउने क्षमता ढकालले महिला संयोजकमा उम्मेद्धारी घोषणा गर्नुभएको छ । बेलायतमा रहेका नेपालीबीच समाजसेवीको भूमिमा स्थापित हुनुभएकी ढकालले आफ्नो उम्मेदवारी घोषणासँगै चुनावी अभियानसमेत अघि बढाउनु भएको छ ।

करिब एक दशक अघि बेलायत आउनुभएकी क्षमता ढकालले बेलायतमा रहेका नेपाली समुदायकै चाहनामा सो पदमा उम्मेदवार बन्नुभएको हो । को जीवनले सोचेभन्दा छुट्टै मोड लिन पुग्यो । बेलायतमा आइपुगेपछि जीवनको लक्ष्य नै बदल्नुभएकी ढकालले सवै महिलालाई समान अवसर दिलाउन एनआरएन रोज्नुभएको हो । नर्सिङ पेशमा रहेकी क्षमता ट्यारोट कार्ड, वास्तु रेकी र स्टोनको विषयमा अध्ययन गरी अहिले मानिसहरुको भविष्यवाणी हेर्ने कार्यमा व्यस्त हुनुहुन्छ । ज्योतिष विद्याभन्दा फरक तथा आधुनिक विज्ञानसँग सम्बन्धित ट्यारोट कार्डबाट मानिसको राशिमा के भैरहेको छ भन्ने अध्ययन गरिन्छ ।

नेपाली चलचित्र निर्माता लक्ष्मीप्रसाद ढकालकी सुपुत्री क्षमता नेपालमा जावलाखेल निवासी हुनुहुन्छ भने हाल लण्डनको साउथ ह्यार्रोमा बस्दै आउनुभएको छ । क्षमता ढकालले यो पटक आफु एनआरएनए एनसीसी यूकेको नेतृत्वमा पुगे या नपुगे पनि राम्रो नेतृत्व ल्याउनका लागि सकृयता देखाउने बताउनु भयो । यति मात्र होइन बिषय र प्रसङ्ग अनुसार आफ्ना बिचार स्पष्ट रुपमा सम्प्रेषण गर्ने गरेको कुरा समेत ढकालले बताउनुभयो । ‘एनआरएनए बेलायतमा हाम्रो भन्दा पनि राम्रो नेतृत्व चयन होस भन्ने मेरो चाहना छ, यसै कारण म उम्मेदवार बन्ने निर्णय लिएको हुँ,’ ढकालले भन्नुभयो ।

आफूले सही कुरामा आवाज उठाइरहँदा नैसाथिभाइ, ईष्टमित्रहरुबाट उम्मेदवार बन्न धेरै सल्लाह सुझाव र हौसला प्रदान भएको ढकालले बताउनु भयो । ‘सामाजिक सञ्जालका साथीहरुले समेत सल्लाह र सुझाव दिएका छन, यसबाट मेरो मनोबल बढेको छ । त्यसैले मलाई पनि कता–कता महिला संयोजक पदमा उम्मेद्वार बनाउन कि जस्तो लाग्न थाकेको छ । तर आँट गर्न भन्दा एक पटक युकेको नेपाली समाज र सबै समुदायका अग्रज तथा प्रिय साथीभाइहरुसित बसेर छलफल गरौ कि जस्तो मनस्थितिमा छु,’ ढकालले भन्नुभयो ।

लोकतान्त्रिक पद्धतिबाट चुनावी मैदानमा उत्रिसकेपछि हार जीतलाई सहर्ष स्वीकार गर्नूपर्छ भन्ने मान्यता बोक्नुभएकी क्षमता स्वस्थ निर्वाचनमा जोड दिनुहुन्छ । ‘हार्ने डरत्रास र जित्ने उन्मात राख्ने मान्छे म होइन, युकेको नेपाली समाजमा म भन्दा धेरै सक्षम साथीहरु पनि हुनुहुन्छ । म उहाँहरुको मानसम्मान र सधै धेरै इज्जत गर्छु, मेरो जस्तै सबैको चाहना राम्रो नेतृत्व चयन होस भन्ने नै मलाई लाग्दछ । तर धेरैले आफ्नो स्वार्थको लागि चुनावी मुखमा आएर सोचलाई परिवर्तन गर्दछन । सक्षम, क्षमतावान र योग्य भन्दा पनि फलानो मेरो ज्वाई, जेठान, दिदी–भेना, सासुससुरा, गाउँ–ठाउँको मान्छे यति सम्मकी गोरु वेचेको साइनो ल्याएर योगदान र योग्यताको मूल्याकंनलाई छाँयामा पार्दछौ हामी, यसलाई बदल्नु पर्छ,’ ढकालले भन्नुभयो ।

एनआरएनए युकेलाई सवैभन्दा माथि राख्ने ब्यक्तिहरुलाई यसपटक जिताउनु पर्नै उहाँको भनाई छ । ‘आ–आफ्नो बिचारको राजनीति आफ्न्त र सम्बन्ध भन्दा माथि समाज सेवामा नैतिकता र मानवतालाई ठुलो मान्नु पर्दछ । एनआरएनएका पंजीकृत सदस्यहरुले नेपाली समाज र नेपाली समुदायको मर्मलाई ध्यानमा राखी नेतृत्व चयनको समयमा विशेष ध्यान पुर्याउन अति जरुरी छ । एनआरएनए भनेको ८० मुलुकहरु आधिकारिक रुपमा रहेको संस्था हो । यसले ती मुलुकमा रहने लाखौँ नेपालीहरुको अभिभावकत्व ग्रहण गरेको हुनुपर्छ,’ ढकालले जनताटाइम्स डटकमसँग भन्नुभयो, ‘यसले सबैको साझा संस्था बन्नुपर्छ। यसको अस्तित्व र छविलाई जोगाउन हामी पंजीकृत सदस्यहरुले नै धेरै जिम्मेवार हुनुपर्छ । त्येसैले मभित्र हामी र मेरोभित्र हाम्रो र राम्रो समाजसेवी अगुवाले एनआरएनए एनसीसी युकेको नेतृत्वमा चयन हुनुपर्छ ।’

ढकालले आफू काम गरेर देखाउन उम्मेदवार बनेको बताउनु भयो । ‘बेलायतमा नेपाली समुदायको जनसंख्या कति छ ? सम्पुर्ण बिवरण एनआरएनसँग हुनुपर्दछ । कुरा मात्रै होईन काम गरेर देखाउने छु,’ ढकालले भन्नुभयो । यसपटक कुरा होइन, काम गर्नेलाई जिताउनु पर्ने उहाँको भनाई छ । ‘कुराले मात्रै अधिकार प्राप्त हुदैन, जसको लागि एकताबद्द हुनु जरुरी छ । सशक्त आन्दोलनले मात्रै परिवर्तन संभव छ, एनआरएनए मन्त्रालय बनाउनु पर्छ, केको दोहोरो नागरिकता, हामी नेपाली हो,’ ढकालले भन्नुभयो, ‘प्रवासी नेपालीहरु अनागरिक जस्तै आप्रवासी हुनुको पीडालाई मैले राम्रो सँग बुझेको छु । अन्याय र बिभेदहरु भेटिन्छन, जसको अन्त्यको लागि आमरण अनसन मात्रै होईन, बलिदान दिन पनि म तयार छु ।’

ढकालले पैसाले मानिसको भावना मन किन्न नसकिने भन्दै बिचार, सिद्धान्त भएको नेतृत्व निर्माण गर्न र एनआरएनको गरिमालाई उच्च बनाउन कृयाशिल हुने अठोट पनि गर्नुभयो । यस्तै उहाँले नेपाली कला संस्कृतिको बिकास एंव विबीध रचनात्मक कार्यक्रम गरेर प्रतिभाहरुको सम्मान हुन्छ भन्ने कुरालाई बोध गराउन, संस्थाको आबश्यकता र महत्वलाई उजागर गर्ने बताउनु भयो ।