जनता टाइम्स

२५ असार २०७६, बुधबार १४:३६

छवि ओझाविरुद्ध श्रीमति शिल्पा पोखरेलको उजुरी


काठमाडौं, असार २५

अभिनेत्री शिल्पा पोखरेलले छविराज ओझाविरुद्ध उजुरी दिनुभएको छ । उहाँले घरेलु हिंसा भएको भन्दै शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिनुभएको हो । शिल्पाले बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

‘शान्ति सुरक्षाको माग गर्दै अभिनेत्री शिल्पाले उजुरी दिनुभएको छ । आज छलफलका लागि उहाँहरू दुवैलाई बोलाएका छौं,’ डीएसपी बोगटीले भन्नुभयो । अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि चलचित्र निर्माता ओझा अभिनेत्री पोखरेलसँग २०७३ साल दसैंमा विवाह बन्धनमा बाँधिएका थिए ।

उहाँहरु दुवैले विवाह गरेको तत्कालै स्वीकार नगरे पनि गत वर्ष मात्रै उहाँहरुले आफैले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गर्नुभएको थियो । छविले शिल्पालाई ‘लज्जा’ चलचित्रबाट डेब्यु गराउनुभएको थियो । शिल्पाले त्यसपछि छविको ब्यानरमा निर्माण भएका ‘मंगलम’ तथा ‘हबल्दार सुन्तली’ मा अभिनय गर्नुभएको थियो ।