जनता टाइम्स

२५ असार २०७६, बुधबार १६:५१

गाडी खोला तार्दै गर्दा एक्कासी भेल आएपछि…


ताप्लेजुङ, असार २५ । गत शनिवार बिहानै यात्रु लिएर फुङलिङबाट फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोक हिँडेका चालक नविन खवास तावा खोलामा रोकिए । झमझम पानी परिहेको थियो । खोलामा पानी सामान्य नै थियो । सदाझैं सम्झेर गाडी अघि बढाए । खोलाको बीचमा पुगेपछि गाडीको स्टार्ट बन्द भयो । स्टार्ट गर्न के खोज्दै थिए, माथिबाट एक्कासी भेल आएर गाडी नै हल्लाउन थाल्यो ।

उनले गाडीमा सवार यात्रुलाई झ्यालबाट छतमा चढ्न भने, आफू पनि गाडीको माथि चढें । अनि हतार हतार छतबाट हाम फालेर ज्यान जोगाए । ‘छतबाट हाम फालेर धन्न बाच्यौं,’ चालक खवासले लामो सास फेर्दै भने । भेलले सिट बगाए पनि गाडी भने बगाउन सकेन । ‘सिट बगाइहाल्यो, फाँटिलो ठाउँ भएकाले गाडीचाहीँ बगेन,’ गाडीमा सवार यात्रु मनकुमार लिम्बूले घटना संझिए, ‘अर्को ट्याक्सीले तानेर दुई घण्टामा बल्लबल्ल भेलबाट बाहिर निकाल्न सफल भयौं।’

सोमबार मिक्वाखोलाको लिवाङबाट फुङलिङ आउँदै गरेका चालक विक्रम राईंले पनि यस्तै समस्या भोग्नु पर्यो। उनी फुङलिङ–९ को हिरेवाखोला बगरमा चारैतिरबाट भेलले घेरिए। ‘पानी ठूलो परेकाले खोलामा बाढी आउँदैरहेछ, धन्न बीचमा अलि अग्लो ठाउँ रहेछ, त्यहिँ बस्यौं र पानी घटेपछि तरेर बाँच्न सफल भयौं,’ उनले भने । यस्तो समस्या बर्षादमा ताप्लेजुङ जिल्लाबाट ग्रामिण क्षेत्रमा सवारी चलाउने हरेक चालकले भोग्नुपर्छ । पत्रकार सीताराम गुरागाँईले लेखेको समाचारअनुार सबै स्थानीय तहको केन्द्रसम्म हिउँदमा सहजै गाडी पुगेपनि वर्षामा भने ठाडा खोला र पहिरो बाधक बन्ने गरेको छ।

फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोक पुग्नतावासहितयाफ्रे, सिस्ने, हाङ्देवा, हिरेवा, मयाम, ताप्मावाखोला, सिरिजंघा गाउँपालिकाको केन्द्र तेल्लोक पुग्नहप्पुखोला, मैवाखोलाको साँघु पुग्नमाङ्माया खोला, केनिम खोला, भाँडी खोलामा एक्कासी ठूलो भेल आउँदा ज्यान जोखिममा रहेको चालकहरुको भनाई छ । यातायात व्यावसायीहरुका अनुसार ग्रामिण सडकमा यात्रा गर्दा सय बढी साना–ठूला ठाडा खोला पार गर्नुपर्छ। तल्लो क्षेत्रमा मौसम सामान्य रहेपनि लेकमा पानी पर्दा खोलामा एक्कासी बाढी आउँछ ।

सडकमाथिबाट पहिरो, ढिस्को र ढुंगा खसेर कुदिरहेको गाडीलाई नै किच्ने जोखिमसमेत रहेको छ । नयाँ खोलिएको ट्रयाक सामान्य पानी पर्नासाथ हिलाम्मे हुने गरेको छ । बर्खामा कुटो, कोदालो, गल, पाल, मार्तलजस्ता बाटो निर्माणका सामग्री गाडीमै राखेर हिँड्ने गरेका छन । तस्विर साभार अन्नपुर्ण पोष्ट