जनता टाइम्स

५ बैशाख २०७९, सोमबार ११:५०

पाल्पामा ७० वर्षीया वृद्धा बलात्कृत


पाल्पा, ५ वैशाख । पाल्पामा एक जना ७० वर्षीया महिला बलात्कृत हुनुभएको छ । ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दिकोट गाउँपालिका–४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई हिजो साँझ पक्राउ गरेको छ ।

सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरबस्थान मन्दिर नजिकै शनिबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।