जनता टाइम्स

६ बैशाख २०७९, मंगलवार १३:५९

अफगान विद्यालयमा विस्फोट, धेरै मानिसहरूको मृत्यु भएको अनुमान


काबुल, ६ बैशाख । पश्चिम काबुलको एउटा विद्यालयमा तीन ओटा विस्फोट भएका छन् । विस्फोटमा धेरै मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ ।

‘माध्यामिक विद्यालयमा तीनवटा विष्फोट भएका छन् । विस्फोटमा शिया समुदायका मानिसहरू हताहत भएका छन्’, समूहका खालिद जद्रानले भन्नुभयो । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । हालसम्म विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन ।