काठमाडौं, बैशाख १० । नेकपा माओवादी केन्द्रको भाृत संगठन वाइसिएलका नेता तथा पूर्वलडाकु बिसुन पाख्रिन र प्रशान्त लामासहित करीव दुई दर्जन दोलखाका युवा माओवादी त्यागेर एमालेमा प्रवेश गर्नुभएको छ ।
शनिवार काठमाडौंमा उहाँहरुलाई एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व सञ्चारमन्त्री पार्वत गुरुङले पार्टीमा स्वागत गर्नुभयो । वाइसिएल नेता पाख्रिन गौरीशंकर गाउँपालिका निवासी हुनुहुन्छ लामासहित अधिकांश युवा मेलुङ गाउँपालिका निवासी हुनुहुन्छ ।

मेलुङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष उम्मेदवार वसन्त लामाको पहलमा सुवराज घिसिङ,रिजन घिसिङ,विशाल मोक्ता,विशाल तामाङ,कर्म मोक्ता,जीवन थोकर,रन्जित गोले,अनिल लामा,सन्जिव गोले,रोशन लामा,सोनाम भुजेल,दिपेन गोल लगायतका युवा एमालेमा प्रवेश गरेको युवा संघका सचिव माहाराज गुरुङले बताउनु भयो ।
नवप्रवेसी युवाहरुले दोलखालाई माओवादी र कांग्रेसमुक्त बनाउने अठोटसहित एमाले रोजेको बताउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्