जनता टाइम्स

१३ बैशाख २०७९, मंगलवार १५:०४

दार्चुलामा पनि नेकपा एमालेले खोल्यो खाता,सोभा टमटा सदस्यमा निर्विरोध


दार्चुला,बैशाख १३ । नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी एक जना महिला सदस्य निर्विरोध निर्वाचित भएकी छिन् । दलित महिला सदस्य तर्फ अपिहिमाल गाउँपालिका वडा न ३ की सोभा टमटा निर्विरोध निर्वाचित भएकी हुन् ।

नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएकी टमटा ३ नम्वर वडाबाट निर्विरोध निर्वाचित भएसंगै अपिहिमाल गाउँपालिकामा एमालेले पहिलो खाता खोलेको छ । उक्त वडामा अरु कुनै पनि राजनैतीक दलको उमेदवारी नपरेकोले उनी निर्विरोध निर्वाचित भएका नयाँ नेपाल सहकर्मी पानसिंह धामीले जानकारी दिनु भयो ।