शिकागो, अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको साधारणसभा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबिरुद्ध भ्रम फैलाउने फोरममा परिणत भएको छ । संबिधानसभाबाट संबिधान जारी भएको दिन २०७३ असोज ३ गते न्यूयोर्कमा संबिधान जलाउने नाइके सुनिल साह अध्यक्षमा निर्वाचित भएपछि एनआरएनए अमेरिका नेकपा र ओली सरकारबिरुद्ध अफवाह फैलाउने फोरममा परिणत भएको हो ।
शिकागोमा आयोजित साधरणसभामा नेपाली कांग्रेसका नेताहरु मात्रै निम्त्याएर गरिएको कार्यक्रममा अमेरिकी अध्यागमनका कर्मचारीहरुले नेकपालाई टेररिष्ट र कांग्रेसलाई सही पार्टी भनेको अत्यन्तै तल्लो स्तरको अफवाह फैलाउने काम भयो । अध्यक्ष सुनिल साहको योजनामा तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले यो काम गरे । कांग्रेसका पाँच नेता उपस्थित गराई भएको साधरणसभामा सत्तारुढ नेकपा र सरकारबिरुछ अफवाह फैलाउने कामका लागि आयोजना गरिएको प्रष्टै देखियो । सो सभामा सहभागी प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापाले भिडियोसहित साधारणसभाको भण्डाफोर गर्नुभएको छ । थापाको भनाई जस्ताको तस्तै ।
एनआरएनए अमेरिकाको साधरणसभामा अतिथिको रूपमा सहभागी भइयो । अरू अतिथिहरूले सित्तैमा दारूपानी, लञ्च, डिनरसहित महंगा होटलमा रात बिताए । जनसम्पर्क समिति र कांग्रेस जागरणका सभा गोष्ठी यही एनआरएनकै लगानीमा गर्दै पचासांै हजार डलर खर्च गरे । हामीले चाँहि ५०/५० डलरको लञ्च, डिनर र ११० डलर तिरेर कोठा लिए पनि निम्म कुराहरू चाँहि सित्तैमा पाईयो ।
१. प्रमुख अतिथि कांग्रेस नेता विजयकुमार गच्छदार एनआरएन अमेरिका कांग्रेसको हो । साझा होइन भन्ने प्रमाणिकरण पाइयो । प्रमुख अतिथिका रुपमा रहेका गच्छदारले भन्नुभयो, ‘म चानचुने मान्छे होईन, थ्री ईन वान हो । पार्टी फेरेरै भए पनि ५/५ पटक उपप्रधानमन्त्री भईसकें । एनआरएन अमेरिका प्रजातान्त्रिकहरूको भएर नै प्रभु थापा जस्तो प्रतिपक्षीलाई समेत बोल्न दिइयो ।’ पहिलो पटक गच्छदारकै मुखबाट एनआरएनमा सत्तापक्ष र प्रतिपक्ष हुन्छ भन्ने कुरा सुनियो ।
२. अर्का अतिथि सञ्जय गौतमले मन्तव्यमा म चानचुने सांसद हो र ? वामदेव गौतमलाई हराएर आएको मान्छे हुँ भने ।
३. कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरूङले चाँहि एनआरएन सम्वन्धी नै कुरा गरेर आएका पाँच कांग्रेस नेतामध्ये विषयवस्तु र प्रस्तुतीका हिसावले आफुलाई अव्वल नै राखे ।
४. कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई चाँहि तनहुँको व्यास नगरपालिकामा निर्वाचनमा भोट मागे जस्तै गरी सन्सारवाट हराएका कम्यूनिष्ट सगरमाथाको देशमा मौलायो भन्दै माक्र्स, लेनिन, माओ र स्टालिनको जीवनी गाउँदै चिन रसिया, भेनेज्वयला र उतर कोरियासम्मको विपक्षमा पुराण सुनाउँदै एनआरएनको यो कार्यक्रममा सरकारका मन्त्रीहरु प्रभु थापाहरूले ल्याइदिनु पर्ने भन्दै संविधानमै राजनीति अधिकार कटौती भएका नेपाली अमेरिकनहरूलाई कांग्रेस र कम्यूनिष्टको नाममा कित्ताकाट गर्दै एनआरएनमा सधै कांग्रेसले कव्जा जमाउनु पर्छ भने ।
५. तरूण दलका अध्ययक्ष मेरा मित्र जितजंग बस्नेत भने आफ्नो सवै हैसियत खोलेर नांगेझार बने । अमेरिकन अध्यागमन अधिकारीले तिमी कुन पाटीको भनेर सोधेको र आफू कांग्रेस भनेको सुनाउँदै अध्यागमन अधिकारीले कांग्रेस भनेकोमा निकै खुसी भएको जिकिर गरे । अमेरिकी अध्यागमन अधिकारी एकदमै खुसी भएर ‘गुड नो कम्यूनिष्ट नो टेररिष्ट’ भन्दै दंग परेको काल्पनिक कथा सुनाउदै नेपाल फर्किएर फेरि सडक आन्दोलन चर्काउने डिङ हाँके ।
यति मात्रै होइन, संबिधानसभामा हालिमुहाली गर्दै बसेका शुसिल कोइराला दाईको यी पाँचै चेलाहरू त्यतिवेला राजनितिक अधिकार समेत कटौती गरेको विर्सिएर गैर आवासीय नागरिकता होइन, सर्वाधिकारसहितको डोयलसिटीजनसीप नै दिनुपर्छ भने । उनीहरुले आफै आउँदा मोइ नदिए पनि खेतालो पठाऊ, दुधै दिउँला भन्दै थिए नागरिकताको सवालमा । यी त भए एनआरएनको नाममा कांग्रेसको जागरणसभामा कांग्रेस नेताहरूवाट पाएको निःशुल्क कुराहरू ।
अरू पाटीहरूको चाँही त्यहाँ उपस्थिति नभएकोले केही हात लागेन भने तीन दिने कार्यक्रम भए पनि ८ घन्टा सरकार र कम्यूनिष्ट पार्टीलाई गाली गरियो । एक घन्टा डा देशराजको ईन्भेष्टमेन्ट जागरण, पाँच मिनेट शिवराज पौड्यालको विधान संशोधनको नाटक भयो । यस्तै एक घन्टा टेकराज पौड्यालको साँस्कतिक कार्यक्रम राती दुई बजेतिर दारूसहित तरून दलको त्रिपक्षीय कुश्ती समेत निःशुल्क प्राप्त भयो ।
सरकारको मान्यता प्राप्त संस्थाको यो मेलामा सरकार र यस्को उपल्लो निकाय एनआरएन अन्तराष्ट्रिय कमिटीको उपस्थिती रहेन । सरकारी प्रतिनिधि पनि नभएको र एनआरएनए आइसिसिको पनि सहभागिता नरहेको यो कार्यक्रम एनआरएन अमेरिकाको हो कि नेपाली कांग्रेसको हो ? हामिलाई छुट्टयाउन कठिन भयो । तपाईले छुट्टाउन सक्नु हुन्छ भने भिडियो हेर्नाेस ।
प्रतिक्रिया दिनुहोस्