काठमाडौं, बैशाख १४ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । आज सशस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा केसीले अर्याललाई दर्ज्यानी प्रदान गर्नुभएको हो ।
गत वैशाख ४ गते अर्याल एआइजी बढुवामा सिफारिस हुनुभएको थियो । यससँगै अर्याल आगामी वैशाख १९ बाट सशस्त्र प्रहरी महानिरीक्षक बन्नु हुनेछ । अर्याललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले एआइजीमा बढुवा गरेको थियो । महानिरीक्षक केसी, एआइजी रामशरण पौडेललगायत उच्च अधिकारीहरु ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकासमा जाँदै हुनुहुन्छ ।
केसी चैत २८ बाट नेतृत्वमा हुनुहुन्छ । त्यसपछि अर्याल नेतृत्वमा पुग्नुहुनेछ । २०५४ चैतमा सेवा प्रवेश गरेका अर्याल अहिलेकै कानुनी प्रावधान रहे २०८३ सम्म नेतृत्वमा रहने छन् । प्रहरी महानिरीक्षकको कार्यकाल ४ वर्षको रहने व्यवस्था छ ।













प्रतिक्रिया दिनुहोस्