जनता टाइम्स

१६ बैशाख २०७९, शुक्रबार ०९:३६

एमाले प्रवेश लगत्तै हेटौंडाका मेयर-उपमेयरसहितको टीम जिताउने अभियानमा खटिए श्रीधर पोखरेल


मकवानपुर, बैशाख १६ । नेकपा एकिृत समाजबादीबाट एमालेमा प्रवेश गरे लगतै श्रीधर पोखरेल नेकपा एमालेको चुनावी प्रचार प्रसारमा सहभागि हुनु भएको छ ।

नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्ष पदसहित पार्टी परित्याग गरि एमाले प्रवेश गरेका पोखरेल आज हेटौंडा–५ मा भएको नेकपा एमालेको प्रचार कार्यक्रममा सहभागी हुनु भएको हो । हेटौंडा–५ मा घरदैलो कार्यक्रममा नेकपा एमालेका बागमती प्रदेश कमिटीका सदस्य तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, केन्द्र, प्रदेश र जिल्ला स्तरका नेताहरु सहित घरदैलो अभियानमा सहभागि हुनु भयो ।

एमाले नेता पोखरेलले नेकपा एमालेबाट मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्लेसहित वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरुलाई शुभकामना दिदै एमालेका नेता तथा कार्यकर्ताहरुसँग सामुहिक तस्बिर समेत खिचाउनु भएको छ । एमाले प्रवेश गर्दा आफ्नै घर फर्किएको र आफ्नै दाजुभाइ तथा दिदिबहिनीहरुसँग भेट भए झै खुसी मिलेको उहाँको भनाई छ ।

नेकपा एस मकवानपुरका जिल्ला अध्यक्षबाट राजिनामा दिएको भोलिपल्टै पोखरेल नेकपा एमाले प्रवेश गर्नु भएको हो । समाजबादी पार्टीलाई एउटा प्राइभेट कम्पनिको संज्ञा दिनु भएका पोख्रेल एमाले प्रवेश गर्नु भएको हो । पोखरेललाई नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले काठमाण्डौँमा भएको एक कार्यक्रममा एमालेमा स्वागत गर्नु भएको थियो ।