जनता टाइम्स

१६ बैशाख २०७९, शुक्रबार १३:२०

११ बर्षीया बालिकामाथि माओवादी नेताले गरे यौन दुर्व्यवहार, बाबुको उजुरीलगत्तै पक्राउ


रसुवा, १६ वैशाख । ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

हिजो साँझ ५ बजे बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका–३ धारापानीका ३५ वर्षीय गणेश बिक पक्राउ परेका हुन् । पीडितका बाबुले आज जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत रहेका बिक पक्राउ परेका हुन् ।

स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिंडेका माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य बिकले बालिका मात्र रहेको अवस्थामा घरमा पसेर संवेदनशील अंगमा समातेर दुर्व्यवहार गरेको पीडितले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको हो ।

बिकलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय कालिकास्थानका सइ कासीराम बुढाले बताउनुभयो । आज बिहान पीडितको रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।