जनता टाइम्स

२० बैशाख २०७९, मंगलवार १७:२०

फुटबल टोलीमा देखिएको विवादबारे खेलाडीसँग छलफल गर्दै एन्फा अध्यक्ष शेर्पा


नेपाली राष्ट्रिय फुटबलमा देखिएको विवाद बारे छलफल गर्न अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडीहरुलाई बोलाउनु भएको छ ।

अध्यक्षले खेलाडीहरुलाई बोलाए पछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारसँग असन्तुष्ट बनेका खेलाडीहरु छलफलको लागि जान तयारभएको बताईएको छ।एकसाता अगाडि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अलमुताइरी र खेलाडीबिचको मनमुटाव छरपस्ट भएको थियो। कप्तान किरण चेम्जोङको अनुपस्थितिमा टिमको कप्तानी गरिरहेका रोहित चन्दले पोषणयुक्त खाना र बसोबासलगायत टिम व्यवस्थापनबारेको विषय उठाएपछि विवाद सुरु भएको थियो।

विवाद बढ्दै गएपछि खेलाडीहरुले प्रशिक्षण शिविर नै छाडेका थिए। टोलीका १० जना सिनियर खेलाडी बन्द प्रशिक्षणबाट सुरुको चरणमा बाहिरिएका थिए। उनीहरुको ठाउँमा अलमुतारीले नयाँ खेलाडी बोलाएर प्रशिक्षण पनि सुरु गरेका छन् मंगलवार नै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई भेटेर खेलाडीहरुले आफ्नो समस्या सुनाएका थिए। उहाँले पहिलेदेखि आफूले घटनाको विषयमा चासो राखेको र विवाद सुल्झाउन सुझाव दिने बताउनु भएको उल्लेख गरिएको छ ।