काठमाडौ, बैशाख ३० । छैटौं संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा आज भएको खेलमा आर्मी गल्कोट स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो ।जारी प्रतियोगितामा आर्मीको यो लगातार तेस्रो जीत हो ।
जीतसँगै आर्मी ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । यता पराजित गल्कोटको भने यो लगातार तेस्रो हार हो ।लिगमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेका छन् ।
विजेता टोलीले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले १ लाख ५० हजार र चौथो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्