काठमाडौं, बैशाख २१ । तीन मौसमी प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशभर केही दिनदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।काठमाडौं उपत्यकासहित देशका केही स्थानमा बुधबार बिहानैदेखि वर्षा भइरहेको छ। अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ।
बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहनेछ। पहाडी भू–भागका केही र तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अरू भू–भागमा आंशिक बदली रहनेछ।
प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन/ चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै बिहीबार पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ । राति प्रदेश १ , मधेश, बागमतीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। यस्तै शुक्रबार पनि देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ।
देशको पहाडी भूभागका केही र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।













प्रतिक्रिया दिनुहोस्