जनता टाइम्स

१३ भाद्र २०७५, बुधबार ११:५७

‘भारत’को सुटिङमा व्यस्त रहेका सलमानले किन गरे यस्तो फोटो सेयर?


काठमाडौँ बलिउडका सुपरस्टार सलमान खानको अर्धनग्न तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ।

आफ्नो आउँदो फिल्म ‘भारत’को सुटिङका लागि माल्टामा रहेका सलमानले शुक्रबार सामाजिक सञ्जाल इन्स्टाग्राममा शरुीरको तल्लो भाग समुन्द्रको पानीमा डुवाएको र माथिल्लो भाग नांगो अवस्थामा रहेको फोटो सार्वजनिक गरे।

यो फोटो सलमानको पछिल्लो भागबाट लिइएको छ। सलमानका फ्यानहरु उनको अर्धनग्न दृश्य हेर्न मरिहत्य गर्ने गरेको पाइन्छ। त्यसैकारण सलमानले यो  तस्वीर  खिचाएको अनुमान गरिएको छ।तस्वीरको क्याप्सनमा उनले ‘पानी’मात्रै लेखेका छन्।

सामाजिक सञ्जालमा सक्रिय रहने सलमान यतिबेला आफ्ना ज्वाई आयुष शर्माको फिल्म ‘लवरात्रि’को प्रमोशन र भारतको सुटिङमा एकसाथ जुटेका छन्। फिल्म सुटिङका क्रममा सलमानले धेरै फोटा खिचेको र केही फोटाहरु सामाजिक सञ्जालमा लोकप्रीय बनेका छन्। भारतमा सलमान र कैटरिना मुख्य भूमिकामा देखा पर्दैछन्।

सलमान हालै अमेरिकी पत्रिका फोब्र्सले प्रकाशन गरेको विश्वको ज्यादै कमाई गर्ने कलाकारको सूचीमा टप टेनभित्र परेका छन्। लोरको सूची प्रकाशननमा टप टेनमा पर्न सफल भएका छन्। उनी २६७ करोड कमाउँदै उक्त सूचीमा नवौँ स्थानमा परेका हुन्।