जनता टाइम्स

२२ बैशाख २०७९, बिहीबार ०७:४६

दुधौलीमा आक्रमणको प्रतिकार गरेका एमाले उम्मेदवारविरुद्ध सत्ताको दुरुपयोग


सिन्धुली, २२ बैशाख । सिन्धुलीको दुधौली नगरपालिका– २ का एमालेका वडाध्यक्ष उम्मेदवारमाथि भएको आक्रमणको प्रतिकार गरेका कार्यकर्ताविरुद्ध राज्य सत्ताले शक्तिको चरम दुरुपयोग गरि झुट्टामुद्धा लगाउने तयारी गरेको नेकपा एमालेले जनाएको छ ।

नेकपा एमाले जिल्ला कमिटी सिन्धुलीले एक विज्ञप्ती जारी गरि आफ्ना निर्दोष कार्यकर्तालाइ फसाउन राज्य सत्तानै लागेको जनाएको हो । एमाले दुधौलीले कांग्रेसले सत्ताको दुरुपयोग गरेको आरोप लगाएको छ ।

विज्ञप्तिमा पक्राउ गरिएका एमाले कार्यकर्ता शम्भुदिप अधिकारीको सिघ्र रिहाइ गरि शान्तिपुर्ण वातावरणमा निर्वाचनको गतिविधिमा नेकपा एमालेलाई सामेल हुने वातावरण सृजना गर्न भनिएको छ ।

प्रेस विज्ञप्ती
मितिः २०६९-०१-२१
न्यायप्रेमी दाजु भाइ तथा दिदि बहिनीहरु
हामो पार्टी नेकपा एमाले देशमा सदासर्वदा कानूनी शासन, शान्ति सुव्यवस्था, नागरिक स्वतन्त्रता, जनजिवीकाको पक्षमा विगत ७५ बर्ष देखी अनवरत रुपमा संघर्ष गरी आएको पार्टी हो । देश भिर सर्व तहको शासन व्यवस्था स्वच्छ, निस्पक्ष र भय रहित रुपमा सम्पन्न हुने आवधिक निर्वाचनको माध्यम द्वारा निर्वाचित जनप्रतिनिधीहरु बाट संचालन हुनु पर्छ भन्ने हाम्रो प्रष्ट मान्यता रहि आएको छ ।

अहिले हामो देश यही वैशाख ३० गते हुन गइ रहेको स्थानिय तहको निर्वाचनको माहोलमा रंगिएको छ । निर्वाचनमा भाग लिएका सबै दल तथा स्वतन्त्र व्यक्ति समेत आफ्नो पक्षमा जनलहर सृजना गर्न लागि रहेका छन् । निर्वाचनको प्रचार प्रसारको शिलसिलामा सिन्धुलीको दुधौली नगरपालिकाको वडा नं.२ मा मिति २०७४।०१।१५ गते साँझ नेपाली कांग्रेसका कार्यकर्ताको संघातीक आक्रमणबाट नेकपा एमालेका कार्यकर्ता शिव धामी घाइते हुनुका साथ निजको स्कुट तोडफोड गरिदिए पछि सुरु भएको दुबै पार्टीका कार्यकर्ताको सामुहिक झडपको बिषयलाई लिएर सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर्ने भनि प्रशासनको समन्वयमा छलफल चली रहेको अवस्थामा, राज्यसत्ता शक्तिको दुरुपयोग गरी दु।न।पा।२ मा नेकपा एमालेलाई निर्वाचनको गतिविधिबाट निस्कृय बनाउने कुनियतले त्यस स्थानका हामा निर्दोष नेता कार्यकर्तालाई झुट्ठा मुद्दा लगाउने प्रयत्न गरेको छ । एकजना निर्दोष व्यक्ति शम्भुदिप अधिकारी इकाहा इलाका प्रहरी कार्यालयमा कुरा बुझ्न जाँदा प्रहरीसँग मुख लागेको भनि अभद्रव्यवहारको मुद्दा लगाइ हाल सम्म थुनामा राखेको छ । प्रहरी प्रशासन पुर्ण रुपमा सता पक्षको चाकडीमा लागेको छ । कांग्रेसको क्षेतीलाई लिएर प्रहरीले प्रतिवेदन दिइ एमालेका स जना नेता कार्यकर्तालाई मुद्दा चलाउन तयार भएको छ भने एमाले तर्फको क्षेतीलाई देखेर पनि नदेखे जस्तो गरी रहेको छ ।

प्रशासनको एमाले प्रतिको गलत व्यवहारको हामी भत्सना गर्दछौं । पंचायती कुव्यवस्थाको अनुभुती हुने गरी आफै कुटपिट कार्यमा उत्रीने र त्यसको प्रतिवाद गर्दा उल्टै एक पक्षीय रुपमा मुद्दा लगाउने प्रयास भएको छ । सो कार्य तत्काल बन्द गरी, पक्राउ गरिएका एमाले कार्यकर्ता शम्भुदिप अधिकारीको सिघ्र रिहाइ गरि शान्तिपुर्ण वातावरणमा निर्वाचनको गतिविधिमा नेकपा एमालेलाई सामेल हुने वातावरण सृजना गर्न हामी प्रशासनसँग अनुरोध गर्न चाहान्छौ । यस घटनालाई थप बढावा नदिइ छलफल वार्ताको माध्यम द्वाचा निकासमा पुग्न हामी सदैब तयार रहेको कुरा सम्बन्धित सबैमा जानकारी गराउन चाहान्छौं । हामो सालिनतापुर्वक गरिएको आग्रहलाई प्रशासनले कमजोरी गनी हामी माथि दमनको निति अख्तियार गरेमा त्यसबाट सृजना हुने जाटेल परिश्थितीको जिम्मेवार प्रशासन स्वयम हुनु पर्ने कुरा पनि जानकारी गराउन चाहान्छौ । साथै जस्तो सुकै कठिन परिश्थिती आइ परे पनि सामना गर्दै निर्वाचनको प्रचार प्रसारमा सामेल हुन सबै नेता कार्यकर्ता साथिहरुमा अनुरोध गर्दै न्यायपुर्ण यो अभियानमा नेकपा एमालेलाई साथ सहयोग दिन सम्पुर्ण जनसमुदायमा हार्दिक
अपिल गर्दछौं । धन्यवाद ।