काठमाडौं, बैशाख २२ । नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश कमिटी सदस्य अच्युत कुमार श्रेष्ठ नेकपा(एमाले)प्रवेश गर्नुभएको छ ।
आज एक समारोह बीच श्रेष्ठ सहित माओवादी केन्द्रका घ्याङलेक गाउँपालिका कमिटीका उपाध्यक्ष राज कर्माचार्य लगायतका नेताहरुलाई नेकपा(एमाले)का उपाध्यक्ष राम बहादुर थापाले एमालेमा स्वागत गर्नुभएको छ ।
२०५७ सालदेखी माओवादी निकट विद्यार्थी संगठनमा आबद्ध हुँदै राजनिती गरेका श्रेष्ठ माओवादी केन्द्र सिन्धुली घ्याङलेक गाउँपालिका कमिटीका इन्चार्ज समेत हुन भने कर्माचार्य विद्यार्थी राजनीतिबाटै माओवादीमा क्रियाशिल युवा नेता हुन ।













प्रतिक्रिया दिनुहोस्