जनता टाइम्स

२४ बैशाख २०७९, शनिबार १५:२२

ओलीको प्रश्न : प्रचण्डजी ! छोरीबाहेक कोही महिला देख्नुभएन ?


सुनसरी, बैशाख २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले छोरीबाहेक अरु कुनै पनि महिलालाई योग्य नदेख्ने गरेको बताउनु भएको छ । इटहरीमा आज आयोजित सभामा बोल्दै अध्यक्ष ओलीले यस्तो तथ्य खोल्नुभएको हो ।

‘प्रचण्डजीले पुरुषले धेरै जित्यौ लछारपाटो लगाउन सकेनौं भन्नुभएछ । महिलालाई यति सम्मान गर्ने हो भने आफ्नो पार्टीको अध्यक्ष महिला बनाउनोस त । आफ्नो पार्टीमा चाँहि ढिम्किन नदिने, अनि महिला–महिला भन्ने ?’ अध्यक्ष ओलीले भन्नुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत हनुभएका एमाले अध्यक्ष ओलीले माओवादी पार्टीमा छोरीबाहेक अरु कुनै महिला योग्य छैनन र ? भनी प्रश्न गर्नुभयो ।

‘महिला छोरीबाहेक कोही देख्नुभएन ? त्यत्रो युद्धमा लगाएका कार्यकर्ता थिए त । अरु कोही पाउनु भएन ? छोरी मात्रै महिला हो ? छोरी मात्रै योग्य हो ? अरु महिला योग्य होइनन ?’ ओलीको प्रश्न थियो ।