जनता टाइम्स

२८ बैशाख २०७९, बुधबार ०६:३७

आईपीएलमा लखनउलाई हराउँदै गुजरात प्ले अफमा प्रवेश


पुने ,२८ वैशाख । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

पुनेमा मंगलबार राति लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुगेको हो ।गुजरात प्ले अफ पुग्ने पहिलो टोली बनेको छ । यस्तै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गुजरातले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो ।

यस अघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन जोडेको थियो ।जितसँगै गुजरातले १२ खेलमा १८ अंक जोडेको छ ।लखनउ १२ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।