जनता टाइम्स

२८ असार २०७६, शनिबार ११:४९

बाढी पहिरो अपडेट : २५ जनाको मृत्यु, १३ जना बेपत्ता


काठमाडौं, असार २८

लगातार वर्षापछि आएको बाढी तथा खसेको पहिरामा परी मृत्यु भएकाको संख्या २५ पुगेको छ। १३ जना हराइरहेको गृह मन्त्रालयद्वारा आज विहान जारी विज्ञप्तीमा जनाइएको छ ।

मन्त्रालयको विहान १० बजेसम्मको विवरण अनुसार २१ जना घाइते भएका छन् भने १६५ जनाको उद्दार गरिएको छ । ललितपुरमा चार, खोटाङ र काठमाडौं ३–३ जनाको मृत्यु भएको छ । काभ्रे, मकवानपुर, धादिङ र भोजपुरमा २–२, इलाम, झापा, ओलखढुंगा, पर्सा, बारा, रामेछाप, सिन्धुलीमा १–१ जनाको मृत्यु भएको हो।

बेपत्ता भएकाहरूमा सिन्धुलीमा ३, भोजपुर, पाँचथर, झापा, मोरङ, सुनसरी, रौतहट, महोत्तरी, धादिङ, ललितपुर र काठमाडौंका १–१ जना छन् । यसैगरी देशका विभिन्न १२ वटा राजमार्ग अवरुद्ध बनेका छन् ।