जनता टाइम्स

२९ बैशाख २०७९, बिहीबार १०:२९

श्रीलङ्कामा देशभर सम्पूर्ण सुरक्षा बल तैनाथ


काठमाडौं, बैशाख २९ ।श्रीलङ्कामा प्रदर्शन हिंसात्मक बन्दै गएपछि देशभर नै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । सम्पूर्ण सुरक्षा बल तैनाथ गरिएको छ ।

सरकारले देशव्यापी कर्फ्यु लगाएको छ । तर आगजनी र आक्रमणका घटना रोकिएका छैनन् । विपक्षीहरुले सेनाले सत्ता कब्जा गर्ने बहाना खोजेर आन्दोलन दबाउन खोजेको आरोप लगाएका छन्। सेनाले त्यस्तो कुनै पनि कदम नचाल्ने जनाएको छ ।रक्षा सचिव कमल गुणरत्नेले देशको सुरक्षा अवस्था अनुसार सामना गर्न सेनालाई अधिकार दिइनु स्वाभाविक भएको प्रतिक्रिया दिनुभएको छ । आन्दोलनकारीले राष्ट्रपति गोटाबाय राजपाक्षेको राजीनामाको माग गरेर प्रदर्शन बढाएका छन् ।

आर्थिक सङ्कट, मूल्यवृद्धि र उपभोग्य वस्तुको अभावले उत्पन्न अवस्थाकैबीच महिन्दा राजापाक्षेले सोमवार प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । उहाँलाई सुरक्षाका लागि नौसेनाको आधार शिविरमा राखिएको सेनाले पुष्टि गरेको बीबीसीले जनाएको छ ।