जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार ०६:३६

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्सको जित


मुम्बई,३१ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्सले जित निकालेको छ ।

मुम्बईमा शुक्रबार राति पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५४ रनले हराएको हो ।पन्जाबले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो ।बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ३५ रन जोड्दा रजत पटीदारले २६ रन बनाए ।

कप्तान विराट कोहली २० रनमा आउट भए ।त्यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन जोडेको थियो ।

जितसँगै पन्जाबले १२ खेलमा १२ अंक जोडेको छ ।पन्जाब छैटौं स्थानमा उक्लिएको छ । बैंगलोर १३ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।