जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार ०६:५९

सरकारी कर्मचारीलाई विदेश भ्रमणमा जान रोक


बङ्गलादेश,३१ बैशाख बङ्गलादेश सरकारले सबै सरकारी कर्मचारीलाई विदेश भ्रमणमा जानरोक लगाएको छ ।

सरकारले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रम ल्याएको छ । त्यसमा कोभिडपछि देशको अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै विकास बजेट वा अन्य कुनै बजेटबाट सरकारी अधिकारीको विदेश भ्रमणमा रोक लगाइएको हो ।

। बङ्गलादेशको केन्द्रीय बैंकले विलासिता र अत्यावश्यक बाहेकका वस्तुहरु आयातमा पनि रोक लगाएको छ ।वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको भन्दै खाद्यान्न र अत्यावश्यक सेवा तथा सामग्रीबाहेकका अरु सामानको आयातमा रोक लगाइएको खबरमा उल्लेख छ ।