जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार १०:०६

५०० मत गन्दा पाँचदलीय गठबन्धनको जम्मा आठ मत


काभ्रे, बैशाख । काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । नगरपालिकामा स्वतन्त्र उम्मेदवार रहेकाविदुरकुमार बस्नेतले अग्रता लिनुभएको हो ।

५ सय मत गन्दा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता लिनुभएको हो । जेब्रा चुनाव चिन्ह भएका उहाँले २८३ मत पाउनु भएको छभने दोस्रो स्थानमा एमालेका अशोककुमार ब्याञ्जुले २१३ मत ल्याउनु भएको छ । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका एकीकृतसमाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले जम्मा ८ मत मात्र पाउनु भएको छ । मतगणना जारी छ ।

धुलिखेलमा अघिल्लो निर्वाचनमा एमालेका ब्याञ्जु विजयी हुनुभएको थियो । अहिले अग्रता लिइरहेका बस्नेत धुलिखेल कांग्रेसका नगरसभापति हुनुहुन्थ्यो। गठबन्धन गर्दा एकीकृत समाजवादीलाई मेयर दिइएपछि उहाँले बागी उम्मेदवारी दिनुभएको थियो ।