जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार १०:४३

९ सय मतको परिणाम आऊँदा गठबन्धनको जम्मा १२ मत


काभ्रे, बैशाख । काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । नगरपालिकामा स्वतन्त्र उम्मेदवाररहेकाविदुरकुमार बस्नेतले अग्रता लिनुभएको हो ।

अहिलेसम्म ९ सय सय मत गन्दा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता लिनुभएको हो । जेब्रा चुनाव चिन्ह भएका उहाँले ४०६ मतपाउनु भएको छ भने दोस्रो स्थानमा एमालेका अशोककुमार ब्याञ्जुले ३४३ मत ल्याउनु भएको छ ।

पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका एकीकृतसमाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले जम्मा १२ मत मात्र पाउनु भएको छ ।मतगणना जारी छ ।धुलिखेलमा अघिल्लो निर्वाचनमा एमालेका ब्याञ्जु विजयी हुनुभएको थियो ।

अहिले अग्रता लिइरहेका बस्नेत धुलिखेल कांग्रेसका नगरसभापति हुनुहुन्थ्यो। गठबन्धन गर्दा एकीकृत समाजवादीलाई मेयर दिइएपछिउहाँले बागी उम्मेदवारी दिनुभएको थियो ।