जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार २१:१७

अग्रताको दिशातर्फ केशव स्थापित, बालेन भन्दा ३१ मतले मात्रै पछाडि


काठमाडौं, बैशाख ३१ । स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौं महानगरपालिकामा अग्रता कायम राख्नुभएको छ । अहिलेसम्म बालेनको ५५७ मत छ भने एमालेका केशव स्थापितको ५२६ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३१७ र राप्रपाका मदनदास श्रेष्ठले ६८ मत पाउनुभएको छ ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले ६०२ मत ल्याउनुभएको छ । गठवन्धनबाट उम्मेदवार बन्नुभएका माधव नेपालको पार्टीका रामेश्वर श्रेष्ठले १२६ मत ल्याउनुभएको छ । यसैगरी राप्रपाकी विनिता मगैयाले पनि १२६ मत ल्याउनुभएको छ ।

यो नतिजाअनुसार काठमाडौंमा स्थापितले मतान्तर घटाउँदै ल्याउनुभएको छ । अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना इभरहेको छ ।