जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार ०८:२५

गठबन्धनले कांग्रेसलाई घाटा, आफ्नै गढमा राप्रपा बिजयी


चितवन, जेठ १ । नेपाली कांग्रेसको गण मानिने माडी नगरपालिका १ मा राप्रपाले वडाध्यक्ष जितेको छ । राप्रपाका अमित लामा १४ सय ३३ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँ यसअघि सोहि वडाको वडा सदस्य हुनुहुन्थ्यो । लामाका निकटतम प्रतिस्पर्धी कांग्रेसका जीवन चौधरी गुरौले ९४३ मत ल्याउनु भयो भने एमालेका टिकाराम सुवेदीले १२६ मत मात्रै प्राप्त गर्नुभएको छ । सदस्यमा पनि राप्रपाकै उमेदवार विजयी भएका छन् । राप्रपाका अप्सरा सुवेदी, दिपेन्द्र महतो, दलित महिला सदस्यमा गुना धमाला लोहार र कांग्रेसका जय नारायण लामिछाने निर्वाचित हुनुभएको हो ।

यस्तै माडी ९ को अध्यक्षमा माओवादीका घनश्याम दवाडी बिजयी हुनुभएको छ । दवाडीले १ हजार १८ मत ल्याउँदा उहाँका निकटम प्रतिस्पर्धी एमालेका शिवहरी सुवेदीले ५०८ मत पाउनुभयो भने राप्रपाका कुलबहादुर दुराले ४६९ मत ल्याउनु भयो । यसअघि यस वडामा एमालेका सुवेदी बिजयी हुनुभएको थियो ।

वडा सदस्यमा गठबन्धनबाट कांग्रेसकी विना थापा, दलित सदस्यमा माओवादीकी हरिमाया विक र खुला सदस्यमा कांग्रेसका नारायणदत्त अधिकारी र मोहन सिंह स्याङतान विजयी हुनुभएको छ ।