जनता टाइम्स

२८ असार २०७६, शनिबार १५:१५

डुवानपीडितलाई उद्धारको साटो सडकमा झाडु लिएर नाटक गर्दै मेयर


जनकपुर, असोज २८ । तस्वीरमा देखिएको ब्यक्ति जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह हुन । साह झाडु लिएर सडक सफाइ गरिरहेका छन । तर केवल केही मिनेट मात्रै । फोटो खिचाएपछि मेयर साह एकाएक गायव भएका छन ।

गत बुधवारदेखि परेको अबिरल बर्षासँगै यतिबेला जनकपुर बजार जलमग्न छ । सरकारी कार्यालयदेखि नीजि घरसम्म डुवानमा परेका छन । तर मेयर साहलाई ती कुनै पीडाले छोएन । आफ्नो चर्चाका लागि निस्किए झाडु लिएर सडकमा । यो घटनाले नेपालका जनप्रतिनिधि काम होइन, चर्चाका लागि जे पनि गर्नछ भन्ने गतिलो उदाहरण प्रस्तुत भएको छ । लगातारको बर्षाले जनकपुरका सवै सरकारी कार्यालयदेखि नागरिकका घर डुवानमा परेको बेला उद्धार र राहातको काम छाडेर मेयर लालकिशोर साह भने सडकमा झाडु लिएर सफाइको नाटक गरेका हुन ।

जनकपुर जलमग्न हुँदा झाडुलिएर सफाइमा उत्रिएपछि साहको आलोचना सुरु भएको छ । जनकपुर पुरै जलमग्न हुँदा बाढीमा फसेका पीडत परिवारलाइ उद्धार गर्नुको साटो सडकमा झाडु लिएर सफाइ गर्न निस्किएपछि साहको आलोचना भएको हो । जनकपुरका एक स्थानीयले बाढीको बेला मेयर लालकिशोर साहले पिडितलाइ उद्धार गर्नुको साटो झाडु लिएर सफाइमा निस्किनु उहाँको नाटकमात्र रहेको बताए । जनकपुरमा फुसको घर अथवा तल्लो भेगमा रहेको घरमा बस्ने अवस्था समेत नहुँदा मेयर साह झाडु लिएर निस्किनु सस्तो लोकप्रियता कमाउने ढोङ गरेको उनको बुझाइ छ ।

बुधबार रातिदेखि परेको अविरल वर्षाले जनकपुर जलमग्न छ । वर्षाको पानी निकास हुन नसक्दा सडक र घरघरमा तीन फिटसम्म पानी जमेको छ । जनकपुरका प्रायजसो सबै सरकारी कार्यालय डुबानमा परेको छ । मुख्यमन्त्री कार्यालय, विमानस्थल, अञ्चल अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, हुलाक कार्यालय, वन निर्देशनालय, जिल्ला विकास समन्वय कार्यालय, जिल्ला ट्राफिक कार्यालय, राष्ट्रिय समाचार समितिलगायतका कार्यालय डुबानमा परेका छन ।

जनकपुर डुबानमा परेपछि मानिसलाई घरभित्रै बस्न र बाहिर निस्किन समेत समस्या भएको छ । नगरमा पानी जलमग्न भएपछि पठनपाठनसमेत ठप्प भएको छ । वर्षा र डुबानको कारण सर्वसाधारण कष्टकर जीवन जिउन बाध्य भएका छन । बिगत केही दिनयता आएको बर्षाले धनुषाका अधिकांश क्षेत्र प्रभावित भएका छन । ‘नागरिक पीडामा रहेको बेला उद्धार र राहत छाडेर मेयर झाडु लिएर सडकमा आउनु भद्दा नाटक मात्रै हो, यो नागरिकको पीडामाथि गरिएको मजाक हो, यस्तो हर्कत अव नहोस,’ डुवानमा परेका स्थानीबासी भन्छन ।