इलाम जेठ २ । इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हेमन्त राई निर्वाचित हुनुभएको छ । राई ३८१८ मतसहित अध्यक्षमा निर्वाचित भएका हुनुभएको हो ।
राईका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिकेन्द्र इदिङगोले ३४९५ मत प्राप्त गर्नु भएको छ । यसैगरी उपाध्यक्षमा जनता समाजवादी पार्टीका विनोद कुमार नेम्बाङ विजयी हुनुभएको छ । उहाँ एमालेकी सुनिता सुब्बालाई पछि पार्दै विजयी हुनुभएको हो। नेम्बाङले ३७२९ मत ल्याउँदा सुब्बाले ३०४६ मत मात्र प्राप्त गरी पराजीत हुनुभयो ।













प्रतिक्रिया दिनुहोस्