जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार १९:३४

पहिलो महिला टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपाल पाहुना टोली युगान्डासँग पराजित


काठमाडौं,२ जेठ । पहिलो महिला टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपाल पाहुना टोली युगान्डासँग पराजित भएको छ ।

टियु क्रिकेट मैदानमा सोमबार नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो ।युगान्डाविरुद्धको यस खेल महिला टोलीका लागि ऐतिहासिक खेल हो।

अन्तराष्ट्रिय क्रिकेटमा पाइला टेकेको १५ वर्षपछि महिला टोलीले पहिलो पटक घरेलु मैदान टियुमा खेलको हो । नेपालले २००७ मा मलेसियामा भएको एसीसी महिला च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट पाइलामा चालेको थियो। युगान्डाले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो। नेपालका लागि इन्दु वर्माले सर्वाधिक १६ रन जोडिन ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको युगान्डाले २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रन बनाएको थियो ।जितसँगै युगान्डाले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
अब नेपालले मंगलबार युगान्डासँग दोस्रो खेल खेल्नेछ । यस्तै नेपाल र युगान्डाबीचको तेस्रो टी(ट्वान्टी जेठ ५ गते हुनेछ।