जनता टाइम्स

४ जेष्ठ २०७९, बुधबार ०९:०४

महेश बस्नेतको वडामा एमालेको प्यानल नै विजयी: गठबन्धन पत्तासाफ


भक्तपुर, जेठ ४ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको गृहवडामा एमालेले सानदार जीन हासिल गरेको छ । बैशाख ३० गते सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रममा आज राती गणना सम्पन्न हुँदा सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुमा एमालेले अत्याधिक मतका साथ प्यानल नै विजयी भएको छ ।

एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार रविन्द्र सापकोटाको नेतृत्वमा रहेको सम्पूर्ण प्यानल नै विजयी भएको हो । गठबन्धनका तर्फबाट वडाध्यक्षमा हरि बहादुर खड्का पराजित हुनुभयो । वडामा एमालेबाट सापकोटाको नेतृत्वमा महिला वडा सदस्य गीता बस्नेत, दलित महिला वडा सदस्य सन्तोषी परियार, खुल्ला सदस्य ईश्वर थापा, उमेश कार्की सहित पुरै प्यालन भारी मतान्तरका साथ निर्वाचित हुनुभएको छ । यो सँगै गठबन्धनलाई गुण्डुमा एमालेले पत्तासाफ बनाएको छ ।

बस्नेतको गृह वडा भएकाले गठबन्धनले सबै शक्ति खन्याएर हराउने रणनीति बनाएपनि जनताको बिचमा गठबन्धनले जीत हासिल गर्न सकेन । यस्तै वडा नं. १ देखी ६ सम्म झिनो मतले पछि पर्दै आउनुभएका एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बाशुदेव थापालाई वडा नं. ७ को नतिजाले जितको यात्रा आधार बनाएको छ ।

गठबन्धनबाट मेयर पदमा निशान ढुंगले रहुनभएको छ । त्यस्तै एमालेबाट उपमेयर पदको उम्मेदवारमा सरिता भट्टराई रहनुभएको छ । उहाँले हालसम्म मतगणना भएका सवै वडाहरुमा आफ्नो पक्षमा जित हासिल गर्दै आउनुभएको छ । गुण्डुको मतपरिणाम सँगै उहाँको जीत निश्चित भएको छ । उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृतका उम्मेदवार श्याम बस्नेत हुनुहुंछ । उहाँ सवै वडाहरुमा एमालेको उम्मेदवार भट्टराईसँग पराजित हुँदै आउनुभएको छ ।