जनता टाइम्स

४ जेष्ठ २०७९, बुधबार ००:००

यौन दुर्व्यवहारको आशंकामा बेलायतको कन्जरभेटिभ पार्टीका सांसद पक्राउ


लन्डन, ४ जेठ । बलात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायतमा कन्जरभेटिभ पार्टीका एक सांसद पक्राउ परेका छन् । सन् २००२ देखि २००९ को अवधिमा दुव्र्यवहार गरेको आरोपमा उनलाई हिरासतमा राखिएको महानगरीय प्रहरीले पुष्टि गरेको छ । उनको पहिचान गोप्य राखिएको छ ।

अनुसन्धान भइरहेकाले उनलाई प्रमुख सचेतकले संसदमा उपस्थित नहुन भनेका छन् । उनीमाथि सार्वजनिक कार्यालयमा विश्वासको पदको दुरुपयोगको आरोप पनि लागेको छ ।

सन् २००२ देखि सन् २००९ को अवधिमा गरिएको भनिएको यौन दुर्व्यवहारबारे महानगरीय प्रहरीले सन् २०२० को जनवरीमा एउटा रिपोर्ट प्राप्त गरेको थियो’, महानगरीय प्रहरी प्रवक्ताले भन्नुभयो । उहाँले अगाडि थप्नुभयो, ‘अभद्र व्यवहार, यौन दुव्र्यवहार, बलात्कार, विश्वासको दुरुपयोग र सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको थियो ।’