जनता टाइम्स

२९ असार २०७६, आईतवार ०८:४०

कुवेतमा आप्रवासी कामदार बस्ने अपार्टमेन्ट भवनमा आगलागी, तीन नेपालीको मृत्यु


कुवेत, असार २९ । कुवेतको महावुल्ला–२ स्थित आप्रवासी कामदार बस्ने एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा दुई महिलासहित तीन जना नेपाली कामदारको मृत्यु भएको छ । भवनमा ग्यास पाइप लिक हुँदा शुक्रबार राति १० बजे आगलागी भएको थियो। नेपाली दूतावासका अनुसार सो आगलागीमा तीन नेपालीको ज्यान गएको हो ।

मृतक तीनै जनाको शव फर्वानिया अस्पतालमा राखिएको छ। महावुल्ला नेपाली कामदारको बक्लो उपस्थिति रहेको क्षेत्र हो। मृत्यु हुने दुई जना घरेलु महिला कामदार हुन्। आगलागी भएको आवास कम्पनी वा पारिवारिक आवास कुन हो भनेर पहिचान भइसकेको छैन।