जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार १३:५५

मतपरिणाम घोषणा गरेपछि मतगणना नै नगरिएको सिलवन्दी मतपेटिका भेटियो


महोत्तरी, जेठ बर्दिबासमा मतपेटिका नखोल्दै मतपरिणाम घोषणा गरिएको भेटिएको तीन दिन अगाडि बर्दिबास नगरपालिकाको मतपरिणाममा निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले माओवादी केन्द्रबाट शमशेरसिंह लामा विजयी भएको घोषणा गर्नुभएको थियो

मतगणनामा धाँधली भएको एमालेले आरोप लगाइरहेका वेला सिल नै नतोडिएको मतपेटिका भेटिएपछि निर्वाचन आयोगमाथि नै प्रश्नखडा भएको छ। निर्वाचन अधिकृत सापकोटाले माओवादी केन्द्रबाट लामाले मतले उछिन्दै एमालेका रुद्र किङरिङलाई पराजित गरेकोघोषणा गर्नुभएको थियो

यता निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले भने स्टोरमा राख्ने क्रममा त्रुटि भएको जनाएको `वडा . को मतपेटिका मतदानअधिकृतले दिएको जानकारीअनुसार नै रुजु गरियो सबै मतपेटिका एकै ठाउँमा राखेका थियौ‌सहायक निर्वाचन अधिकृत सर्मिलातामाङलेभन्नुभयो  उहाँकाअनुसार सर्वदलीय बैठक राखेर यसकाे समाधान खोजिने

फूलमाला अविरसहित विजय जुलुस मनाइसकेको माओवादी भने निर्वाचन आयोगको त्रुटिलाई स्विकार्ने अवस्थामा छैन

माओवादीकेन्द्र प्रदेश कमिटी सदस्य राजन ढुंगनाले भेटिएको मतमेटिकालाई खोलेर पुन: मतगणना गर्नु कुनै अर्थ नरहेको जिकिर गर्नुभयो । ‘निर्वाचन आयोगले माओवादी केन्द्रका शमशेरसिंह विजयी भएको घोषणा गरेसँगै निर्वाचन आयोगले समेत त्यसलाई प्रमाणीकरणगरिसकेको अनि मतपेटिका खोलेर मतगणना गर्नुको के नै अर्थ रहयो ? ´ ढुंगानाले भन्नुभयो।

निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले भने मानवीय भूललाई स्वीकार गरेर समाधानको निकास निकाल्नेमा आफू विश्वस्त रहेकोजनाएको बर्दिबास नगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी नै वडा नम्बर को मतगणना सकिएपछि अन्तिममतपरिणाम सार्वजनिक हुने पर्खाइमा बसेका सर्वसाधारण वडा नम्बर विवाद नसुल्झिएसम्म प्रतीक्षामा रहनुपर्ने देखिएको

निर्वाचन आयोगले घोषणा गरेको वडा नम्बर को मतपरिणामअनुसार माओवादी केन्द्रका शमशेरसिंह लामाले ७५३ मत प्राप्त गर्नुभएको भने उहाँका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङले ७४४ मत प्राप्त गर्नुभएको नखोलिएको मतपेटिकामा अझै ८० देखि ८५ मतपत्रहुनसक्ने आसंका गरिएको