जनता टाइम्स

२९ असार २०७६, आईतवार ०९:४१

कवितामार्फत प्रधानमन्त्रीद्वारा भानुजयन्तीको शुभकामना


काठमाडौं, असार २९

प्रधानमन्त्री केपी शर्मा ओलीले कवितामार्फत भानुजयन्तीको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत भानुभक्तकै कवितांशमार्फत उहाले शुभकामना दिनु भएको हो ।

‘रिस राग कपट् छल छैन जाँहाँ
तब धर्म कती छ कती छ याँहाँ।
पशुका पति छन् रखवारि गरी
शिवकी पुरि कान्तिपुरी नगरी ।।
नेपाली भाषालाई लेख्य परम्परामा स्थापित गरी नेपाली वाङ्मयमा अभूतपूर्व योगदान पुर्याउनु भएका आदिकवि भानुभक्त आचार्यको २०६ औँ जन्मजयन्तीको हार्दिक शुभकामना ।’

यसैविच, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइदैछ । नेपाल तथा नेपालीभाषी रहेका विश्वभर विविध कार्यक्रम गरी आइतबार आचार्यको २०६औँ जन्मजयन्ती मनाइँँदै छ। आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०५ वर्षअघि अर्थात् वि.सं. १८७१ असार २९ गते भएको थियो। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा ढालेका थिए । रामायणलगायत प्रश्नोत्तर, भक्तमाला वधुशिक्षा, रामगीतालगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्।