जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार १५:२२

अवकाश पाउने अघिल्लो दिन एआइजीमा बढुवा


काठमाडौं, जेठ ६ । सरकारले नेपाल प्रहरी बलका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) नारायणदत्त पौडेललाई अतिरिक्तमहानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई एआईजीमा बढुवा गरेको हो ।

मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार बढुवाको निर्णय गरेको हो । वैशाख २१ गते गृह मन्त्रालयबका सचिव टेकनारायण पाण्डेनेतृत्वको बढुवा समितीले डिआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरेको हो ।

त्यस्तै सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) बसन्त लामालाई पनि एआईजीमा बढुवा गरेको छ । लामाभोलीदेखि अनिवार्य अवकाशमा जाँदै हुनुहूँछ ।