जनता टाइम्स

२९ असार २०७६, आईतवार ११:३३

अस्ट्रेलिया एक नेपाली विद्यार्थी मृत अवस्थामा फेला


काठमाडौं, असार २९

अस्ट्रेलियाको सिड्नीमा अध्ययन गरिरहेका एक नेपाली विद्यार्थी आफ्नै कोठामा मृत अवस्थामा भेटिएका छन् । झापा घर भएका २१ वर्षीय स्वदेश सेढाई कोठाको लुगा राख्ने दराजमा मृत फेला परेका हुन् ।

युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा ब्याचलर अफ कम्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका उनि बिहान अबेरसम्म नउठेपछि कोठामा हेर्दा मृत भेटिएका थिए । आत्महत्या गरेको प्रारम्भिक अनुमान रहे पनि सत्यतथ्य विवरण अनुसन्धान पश्चात नै खुल्न सक्ने प्रहरीले जनाएको छ।

हाल उनको शवलाई लिडकमस्थित मोर्गमा राखेको र आवश्यक कानुनी कारबाहीपश्चात आफन्तलाई शव बुझाउने सम्बन्धित निकायले जनाएको छ । मृतकका परिवारलाई एनआरएनए तथा झापाली समाज अस्ट्रेलियाले आवश्यक सहयोग गर्न बताइएको छ।