जनता टाइम्स

९ जेष्ठ २०७९, सोमबार १६:४५

बलात्कार आरोपी मनोज पाण्डेलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


काठमाडौं, जेठ ९ । आठ बर्षअघि बलात्कार गरेको घटना सार्वजनिक भएपछि पक्राउ परेको मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले मानव बेचबिखन कसुरमा ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

बलात्कारको आरोप लागेका पाण्डेविरुद्ध हदम्याद गुज्रिएका कारण प्रहरीले मानव बेचबिखन कसुरमा अनुसन्धानका लागि म्याद लिएको हो ।सुन्दरी प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सन्चालकसमेत रहेका पाण्डेले ८ वर्षअघि बलात्कार गरेको भन्दै एक युवतीले सामाजिक सन्जालमार्फत घटना विवरण सार्वजनिक गरेपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पछि आज पहिलो पटक अदालतमा उपस्थित गराएर अनुसन्धानका लागि प्रहरीले अनुमति लिएको हो ।

काठमाडौं प्रहरी कार्यालयका प्रवक्ता दिनेश मैनालीले मानव बेचबिखन कसुरमा ५ दिनको म्याद पाइएको जानकारी दिनुभयो । पाण्डेविरुद्ध अर्का किशोरीले पनि यौन दुर्व्यवहारको आरोपसहितको उजुरी दिएकी छन् ।