जनता टाइम्स

१० जेष्ठ २०७९, मंगलवार ०७:४५

सैन्य हस्तक्षेप गर्ने बाइडेनको चेतावनी


काठमाडौं, १० जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने चेतावनी दिनुभएको छ । जापान भ्रमणका क्रममा उहाँले ताइवान मामिलामा चीन खतरासँग खेलिरहेको प्रतिक्रिया समेत दिनुभएको बीबीसीले जनाएको छ ।

चीन–ताइवानको अवस्थालाई रुसले युक्रेनमा गरेको आक्रमणको सन्दर्भमा तुलना गर्दै उहाँले भन्नुभयो,‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पहिचान मेटाउने प्रयास गरिरहेका छन् ।’

अमेरिकाको ताइवानसँग आधिकारिक रूपमा कुटनीतिक सम्बन्ध छैन । अमेरिकी राष्ट्रपतिका रूपमा जो बाइडेन पहिलो एसिया भ्रमणमा हुनुहुन्छ ।