जनता टाइम्स

२९ असार २०७६, आईतवार १८:०३

बाढी–पहिरो र डुवानपीडितको उद्दार तथा राहतमा जुटन राष्ट्रपति भण्डारीको अपिल


उद्दार काठमाडौं, असार २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो र डुवानपीडितहरुको उद्दार तथा राहतमा जुट्न सबैलाई आह्वान गर्नुभएको छ ।

अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुवानबाट पीडितहरुको प्रभावकारी उद्धार तथा राहतमा जुटन राष्ट्रपति भण्डारीले सवैलाई अपिल गर्नुभएको हो । राष्ट्रपति भण्डारीले बाढी, पहिरो र डुवानबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख समेत व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले पीडितको उद्दार तथा व्यवस्थापन, घाइतेहरको उपचार, राहत वितरण र वेपत्ता भएकाहरुको खोजीमा राज्यका संयन्त्रहरुाई परिचालन गराउन सम्बधित निकायले ध्यान दिनेछ भन्ने विश्वास समेत व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले पीडितको उद्दार तथा राहतमा जुट्न र प्राकृतिक प्रकोपबाट बच्न आवश्यक सावधानी अपनाउन सबैलाई आह्वान गर्नुभएको छ ।