जनता टाइम्स

३० असार २०७६, सोमबार ०८:५४

एनआरएनए युके निर्वाचन : उपाध्यक्ष सुशिला राईले गरिन सात प्रतिवद्धतासहित अध्यक्षमा उम्मेदवारी घोषणा


लन्डन, असार ३० । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्षमा समाजिक अभियन्ता सुशिला राईले अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । सबै प्रवासी नेपालीका लागि एनआरएनग् भन्ने मुल नारासहित राईले बिशेष कार्यक्रमबीच अध्यक्षमा उम्मेद्वार बन्ने घोषणा गर्नुभएको हो ।

‘गैरआवासीय नेपाली संघमा सीमित दायरा, वर्गबाहेक आम प्रवासी नेपालीहरुले अपनत्व जनाउन नसक्नुको कारणबाट यस्तो हुन गएको धेरैलाई ज्ञात भएकै कुरा हो । त्यसैले गैरआवासीय नेपाली संघलाई बहुसंख्यक आम प्रवासी नेपालीसित जोडन, उनीहरुलाई यो संस्था र अभियान हाम्रो पनि हो भन्ने भावना जागृत गर्न मैले यसपटक गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ राईले घोषणासभामा भन्नुभयो । बर्तमान कार्यसमितिमा उपाध्यक्ष रहनुभएकी राईले आफूले जितेमा गर्ने कामको सूचीसमेत पेश गर्नुभएको छ ।

गैरआवासीय नेपाली संघ युकेमा उम्मेदवारी किन ?

तपाईहरुको उपस्थिति, साथ र सहयोगले मेरो हौसला बढाएको छ र यस क्षणमा म मेरा हजुरबुबा २००७ सालको क्रान्तिका नायक स्वर्गीय रामप्रसाद राईलाई स्मरण गरिरहेको छु । उहाँकै प्रेरणा र गौरवगाथाका कारण मलाई सानै उमेरदेखि सामाजिक कार्यमा लाग्न उर्जा मिल्यो । त्यसैक्रममा नेपालका विभिन्न संघसंस्था हुँदै म बेलायत आएपछि यहाँहरुकै साथ र समर्थनले एनआरएनए युकेको महिला संयोजक र उपाध्यक्षको भूमिकामा रहरे काम गर्ने अवसर पाएँ ।
उपस्थित महानुभावहरु,

अहिले विश्वभर रहेका प्रवासी नेपालीहरुलाई ओत दिन सफल गैरआवासीय नेपाली (एनआरएन) अभियान बेलायतबाट नै शुरु भएको हो । गैर आवासीय नेपाली अभियान क्रमशः प्रभावकारी बन्दै जाँदा यसको उत्पत्ति थलो बेलायतमै भने त्यति सशक्त र एकतावद्ध बन्न नसकेको गुनासो सुनिन्छ । करिब डेढ लाख प्रवासी नेपालीको बसोबास रहेको ठानिने बेलायतमा त्यसको पाँच प्रतिशतभन्दा कम जनसंख्याले मात्र गैरआवासीय नेपाली संघमा सदस्य लिनुले पनि सोको पुष्टि गर्दछ । गैरआवासीय नेपाली संघमा सीमित दायरा, वर्गबाहेक आम प्रवासी नेपालीहरुले अपनत्व जनाउन नसक्नुको कारणबाट यस्तो हुन गएको धेरैलाई ज्ञात भएकै कुरा हो । त्यसैले गैरआवासीय नेपाली संघलाई बहुसंख्यक आम प्रवासी नेपालीसित जोडन् , उनीहरुलाई यो संस्था र अभियान हाम्रो पनि हो भन्ने भावना जागृत गर्न मैले यसपटक गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । यही कुराको जानकारी गराउनका लागि बेलायतस्थित पत्रकारहरुको बिशेष उपस्थितिमा यस घोषणासभाको आयोजना गरिएको हो ।

मेरो जन्म तेह्रथुम जिल्लामा भई हालको बसोबास नेपालमा विराटनगर र बेलायतमा अल्डरसटमा रहँदैआएको छ । विद्यार्थीकालदेखि नै सामाजिक सेवामा होमिएकी मैले विवाहपश्चात पनि सामाजिक कार्यलाई निरन्तरता दिइ नै रहँे । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) महिला समिति मोरबको संस्थापक अध्यक्ष, किरात राई यायोख्या विराटनगर प्रारम्भिक समितिको सदस्य, सुम्निमा साँस्कृतिक परिवार विराटनगरको अध्यक्ष, महिला क्षमता विकास केन्द्र सहकारी संस्था विराटनगरको कोषाध्यक्ष, एबीसी नेपाल विराटनगरको सदस्य, मकालु यातायात सहकारी लिमिटेडको सञ्चालक समिति सदस्य, सामुदायिक फोहोरमैला व्यवस्थापन समितिको सदस्य लगायतका संघसंस्थामार्फत मैले सामाजिक कार्यमा योगदान दिएको छु । म सन् २००७ मा बेलायत आएदेखि नै गैरआवासीय नेपाली संघ युकेको सदस्य छु र यसअघिको कार्यसमितिमा महिला संयोजक र हालमा उपाध्यक्ष पदमा कार्यरत रहेको छु । यसबाहेक संखुवासभा समाज युकेको सल्लाहकार, आदिवासी जनजाति महिला महासंघ बेलायतको कोषाध्यक्ष पनि रहिआएको छु ।

म सन् २०१५–१७ एनआरएनए युकेको महिला संयोजक हँुदा १०७ औँ अन्तर्र ाष्ट्रिय महिला दिवसमा मेरै संयोजकत्वमा महिला फोरमद्वारा च्यारिटी कार्यक्रम आयोजना गरी कार्यक्रममा संकलित रकम १० लाख ८७ हजार रुपियाँ हजार रुपियाँ चेतना समूहद्वारा घुक्र्यौली–२ सर्लाहीमा सञ्चालित पीडित अनाथ गृहका लागि सहयोग हस्तान्तरण गरिएको थियो । त्यसैगरी, दैलेखका आब खस्ने समस्याबाट पीडित महिलाहरुका लागि सहयोग संकलन गरी १ हजार पाउण्ड नेपाल पठाइएको थियो । यस्तै, सुदूरपश्चिमको डोटी जिल्लाका आब खस्ने समस्याबाट पीडित महिलाहरुको उपचारका लागि १ हजार ७०० पौण्ड सहयोग संकलन गरी गैरआवासीय नेपाली संघको जर्मनीमा भएको युरोप भेलामा तत्कालीन केन्द्रीय महिला संयोजक सपिला राजभण्डारी र सहसंयोजक रजनी प्रधानलाई हस्तान्तरण गरेँ ।

म एनआरएन युकेको गत निर्वाचनबाट उपाध्यक्ष निर्वाचित भएपछि मलाई भैपरी तथा राहत संकलन अनि वितरण समन्वय विभागको संयोजकको जिम्मेवारी दिइयो । सो क्रममा मेरै संयोजकत्वमा ब्लड क्यान्सरले पीडित बालिका क्रिस्टिना सुनुवारको लागि सहयोग संकलन गरिएको थियो । जसबाट संकलिन ५ लाख १ हजार रुपियाँ पीडितका परिवारलाई हस्तान्तरण गरिएको थियो । साथै, बारा पर्सामा आएको हावाहुरीबाट पीडितहरुको सहयोगका लागि ४ लाख ११ हजार रुपियाँ मेरै संयोजकत्वमा संकलन गरी हस्तान्तरण गरिसकिएको छ । यसबाहेक, बेलायत भ्रमणमा आउनुभएकी माननीय उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र प्रतिनिधि सभा सदस्य नविना लामालाई स्वागत तथा भेटघाट कार्यक्रम पनि मेरै संयोजकत्वमा आयोजना गरिएको थियो । सो क्रममा उहाँहरुलाई गैरआवासीय नेपालीहरुको नागरिकताको निरन्तरता लगायतको मागसहितको ज्ञापनपत्र पनि बुझाइएको थियो ।

म एनआरएनए युकेमा कार्यसमितिमा आवद्ध भएपछि भएका प्राय सबै बठै क, सभा, सम्मेलनमा नछुटाई सहभागी हँुदै आएको छु । यसैगरी एनआरएनएका युरोपस्तरीय सम्मेलन र विश्व सम्मेलनमा सहभागी हँुदै आएको छु । यसबाट राष्ट्रिय समिति र अन्र्तराष्ट्रिय समिति कसरी सञ्चालन हुँदो रहेछ, उनीहरुबीच एकआपसमा कस्तो सम्बन्ध रहेछ भन्ने जानकारी लिएको छु । यसरी लामो समयदेखिको सामाजिक कार्यको रुचि र अनुभव, एनआरएनए युकेमा दुई कार्यकालको अनुभव र बेलायतको १२ वर्षको बसाइले मैले यहाँका प्रवासी नेपालीको पीडा, समस्या, दुःखलाई राम्रोसँग बुझेको छु र एनआरएन युके जस्तो संस्थाले के गर्नुपर्छ भन्ने पनि चाल पाएको छु । त्यसो भएको हँुदा मैले यही सेप्टेम्बर १४, २०१९ का दिन निर्वाचित हुन गइरहेको गैरआवासीय नेपाली संघ युकेको नवौं कार्यसमितिमा अध्यक्ष पदमा उम्मेदवारी दिने आँट गरेको हुँ । मेरो स्वभाव बोलेर भन्दा गरेर देखाउने रहेको छ । चुनौतीसित हटेर होइन डटेर सामना गर्ने मेरो आदत छ । मेरो विगत दुई कार्यकालमा मेरो काम हेर्नुभयो भने त्यो अझ छर्लंग हुन्छ । गैरआवासीय नेपाली संघ युकेलाई एकतावद्ध, सशक्त र मजबुत बनाउन र युकेमा रहेका प्रवासी नेपालीका सखु दुखमा दरिलो साथी बनाउनका निम्न कार्य गर्ने मेरो योजना यहाँहरु समक्ष जानकारी गराउँदछु ।

मेरा प्रतिवद्धताहरुः

१. गैरआवासीय नेपालीको नेपाली नागरिकताको निरन्तरताको विषयलाई कडा रुपमा उठाउने छु । एनआरएन अन्र्तराष्ट्रिय समितिमार्फत नेपालका राजनीतिक दलहरुमार्फत लविब गर्ने कार्यलाई सशक्त बनाइ नेपाल सरकारलाई दबाब दिई प्रवासी नेपालीको अधिकार स्थापित गराउन लागि पर्नेछु ।

२. गोरखा भूतपूर्व सैनिकहरुको समान पेन्सन लगायतको मुद्दालाई समाधान गराउन गोरखा भूतपूर्व सैनिक संस्थाहरुसित समन्वय गरी प्रभावकारी रुपमा उनीहरुको समस्यालाई उठाई नेपाल तथा बेलायत सरकारलाई दबाब दिई माग पूरा गराउन पहल गर्नेछु ।

३. बेलायतमा हुर्किरहेका हाम्रा छोराछोरीहरुलाई नेपालसितको निरन्तर सम्पर्कमा राख्न तथा नेपाली कलासँस्कृति, भाषा, पहिरनप्रति आकर्षण जगाउन कार्यक्रम ल्याउने छु ।

४. बेलायतमा अझै पनि धेरै प्रवासी नेपाली महिलाहरु घरायसी कामबाट बाहिर निस्की सामाजिक कार्यमा आउन सकेका छैनन् । जबसम्म आधा जनसंख्याको हिस्सा ओगटेका महिलाहरुको सामाजिक कार्यमा प्रभावकारी सहभागिता हुँदैन तबसम्म यहाँको प्रवासी नेपाली समुदाय बलियो हुन सक्दैन । त्यसैले उनीहरुको नेतृत्व विकासका लागि कार्यक्रम ल्याउने छु ।

५. बेलायतका नेपालीहरुको साझा घर नेपाल हाउस बनाउने योजना लामो समयदेखि पूरा हुन सकेको छैन । मेरो कार्यकालमा सो योजनालाई उच्च प्राथमिकता दिई अगाडि बढाउनेछु ।

६. युकेमा रहेका प्रवासी नेपालीहरुलाई आपतविपतमा सहयोग जुटाउनका लागि एउटा कल्याणकारी कोषको स्थापना गर्नेछु ।

७. अंग्रेजी भाषा नबुझ्ने वृद्धवृद्धा बाबाआमाहरुलाई अत्यावश्यक काममा सहयोग गर्नका लागि स्वयमसेवक परिचालन गर्नेछु ।

गैरआवासीय नेपाली संघ भनेको सामूहिक नेतृत्वमा चल्ने संस्था हो । त्यसैले माथिका अजेण्डाबाहेक कार्यसमितिमा छलफल गरी संरक्षक, सल्लाहकार, पदाधिकारी र सदस्यहरुबाट आएका रचनात्मक र सृजनात्मक परियोजनाहरुलाई स्थान दिई संस्थालाई बलियो र गरिमामय बनाउने मेरो पहल हुनेछ । अन्त्यमा बेलायतमा रहनुभएका सबै प्रवासी नेपाली बाबाआमा दाजुभाइ दिदीबहिनीहरुमा गैरआवासीय नेपाली संघ युकेको यही जुलाई ३१ सम्म सदस्यता लिइदिन हुन र सेप्टेम्बर १४ मा हनु े मतदानमा मलाई अमूल्य मत दिनहुन विनम्र अनुरोध गर्दछु ।