जनता टाइम्स

१३ जेष्ठ २०७९, शुक्रबार ००:००

दुर्घटनामा ७ भारतीय सैनिकको मृत्यु


नयाँदिल्ली  १३ जेठ ।  भारतको लद्दाखमा सेनाको गाडी दुर्घटना हुँदा ७ सैनिकको मृत्यु भएको छ । १९ जना गम्भीर घाइते भएका छन् । लद्दाखको प्रतापपुरस्थित ट्रान्जिट क्याम्पबाट सब सेक्टर हनिफतर्फ गइरहेको २६ सैनिक सवार उक्त गाडी सडकबाट श्योक नदीमा खसेको भारतीय सेनाका प्रवक्ताले पुष्टि गरेका समाचार एजेन्सी पीटीआईले जनाएको छ । गाडी सडकबाट करिब ५०–६० फिट तल नदीमा खसेको थियो ।

दुर्घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु : ख व्यक्त गरेका छन् । ‘लद्दाखमा बस दुर्घटनामा सैनिक जवानहरूको मृत्युलाई लिएर धेरै दुस्खी छु । यी बहादुर सैनिकका परिवारमाथि मेरे गहिरो समवेदना छ । आशा गर्छु घाइते सैनिक छिटोभन्दा छिटो निको हुनेछन्,’ मोदीले भनेका छन् । घटनालाई लिएर भारतीय कंग्रेसकी नेत्री प्रियन्का गान्धी र मध्य प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले पनि गहिरो दु: प्रकट गरेका छन् ।