नयाँ दिल्ली, १९ जेठ । भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीलाइ कोभिड पोजेटिभ भएको छ । कोभिड पुष्टि भएपछि उहाँ आइसोलेसनमा बस्नुभएको छ । सोनियालाई कोभिड भएको पार्टीले पुष्टि गरेको छ ।
‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड १९ भएको छ’, कंग्रेसका वरिष्ठ नेता तथा पार्टी प्रवक्ता रणदिप सिंह सुरजेवालाले भन्नुभयो ।
उहाँलाई हल्का ज्वरो र केही लक्षण देखिएको छ । बुधबार मात्र सम्पत्ति शुद्धीकरण मुद्धामा अध्यक्ष गान्धी र पार्टी नेता राहुल गान्धीलाई भ्रष्टाचारविरुद्धको निकाय इनफोर्समेन्ट डाइरेक्टोरेटले ८ जुनमा उपस्थित हुन आदेश दिएको थियो ।













प्रतिक्रिया दिनुहोस्