जनता टाइम्स

२५ जेष्ठ २०७९, बुधबार ०७:३७

नेसन्स लिगमा इटलीले हङ्गेरीलाई हरायो : जर्मनी र इङ्ग्ल्यान्डको बराबरी


काठमाडौं, २५ जेठ ।  यूईएफए नेसन्स लिग फुटबलमा इटलीले हङ्गेरीलाई हराएको छ । गएराति भएको खेलमा हङ्गेरीलाई २–१ गोलले हराउँदै इटलीले पहिलो जित निकालेको हो ।

इटलीका निकोलो बरेल्ला र लोरेन्जो पलिग्रेनीले एकरएक गोल गरे । खेलको ६१औँ मिनेटमा जियानलुका मान्सिनीले आत्मघाती गोल गरेका थिए । जितसँगै समूह ‘सी’ को इटलीले २ खेलमा ४ अङ्क जोडेको छ । हङ्गेरी ३ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।

यो समूहको अर्को खेलमा जर्मनी र इङ्ग्ल्यान्डले बराबरी खेलेका छन् । एकरएक गोलको बराबरी खेलेका जर्मनी र इङ्ग्ल्यान्डले अङ्क बाँडेका छन् । जर्मनी तेस्रो र इङ्ग्ल्यान्ड चौथो स्थानमा रहेका छन् ।