जनता टाइम्स

३१ असार २०७६, मंगलवार १७:२३

प्रचण्डले गरे नेता–नेताबीच कुरा लगाएर एकता भाँडने षडयन्त्रको खुलासा : दुवै अध्यक्ष निकटतिरै निसाना


काठमाडौ, असार ३१

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रै नेता नेताविच कुरा लगाउने गरेको खुलासा गर्नुभएको हो । उहाले नेतानेताविचमा कुरा लगाएर एकतालाई टुंगोमा पु¥याउन नदिन प्रतिक्रियावादीहरु सक्रिय रहेको बताउनु भयो ।

मंगलबार ललितपुर जिल्ला कमिटीलाई सपथ खुवाउँदै अध्यक्ष प्रचण्डले नेताका बीचमा झगडा गराउने होइन मिलाइदिने भूमिका खेल्न सबैसँग आग्रह पनि गर्नुभयो । ‘एउटा नेतालाई एउटा कुरा भनिदियो, अर्कोलाई अर्कै,’ उहाले भन्नुभयो, ‘नेताका बीचमा झगडा लगाइदिने होइन मिलाइदिने भूमिका खेल्नेतिर तपाईंहरू अग्रसर हुनुस्। तपाईंहरू उपत्यकाभित्र हुनुहुन्छ तपाईंले देखाउने आचरण देशैभर देखिन्छ।’

प्रतिक्रियावादीले ‘फुटाऊ र शासन गर’ भनेजसरी नेताका बीचमा कुरा लगाइदिएर दिमाग खराब बनाएको गुनासो समेत पोख्नुभयो । ‘प्रतिक्रियावादीहरूले नेता(नेताका बीचमा झगडा गराइदिने क्या,’ उहाले अगाडी भन्नुभयो, ‘एउटालाई एउटा कुरा अर्कोलाई अर्को कुरा भनिदियो दिमाग खराब गरिदियो।’

उहाले जनताको काम गर्न नसकेमा अर्को चुनावमा जनताले पाठ सिकाइदिने उल्लेख समेत गर्नुभयो । ‘यस्तो अवसरमा पनि काम गर्न नसकेका जनताले कम्युनिस्टको साइनबोर्ड हेरेर मात्रै माया गर्दैनन्’, प्रचण्डले भन्नुभयो, ‘सत्ताका लागि लडाईं गर्यो भने जनताले माया गर्दैनन्। हामीले जनताको काम गर्न सकेनौँ भने सोभियत संघको जस्तै हालत हुन्छ।’