जनता टाइम्स

१ श्रावण २०७६, बुधबार १२:०३

मृत्यु होस त यस्तो, श्रीमतीको बितेको एक घन्टामै श्रीमानको पनि देहत्याग


सुनसरी, साउन १

मृत्यु मानिसले सुन्न नचहाने शब्द हो । तर, यो जिवनको सत्य पनि हो । सुनसरीको इटहरीमा एक अचम्मको मृत्युको खवर सार्वजनिक भएको छ । जहा श्रीमतीको मृत्युको एक घण्टाभित्रै श्रीमानको पनि मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–१३ खनारकी ७८ वर्षीया नर्बदा भट्टराईकोे मंगलबार साँझ पौने ७ बजे मृत्यु भएको थियो। उहाको मृत्युको शोकमा परेका उहाका पति ८६ वर्षीय टीकाप्रसाद भट्टराईको पनि एक घण्टापछि हृदयघात कारण मृत्यु भएको आफन्तले जानकारी दिनुभएको छ । श्रीमान श्रीमतीको एकै दिन दुई जनाको मृत्यु भएपछि स्थानीयले ‘मृत्यु राम्रो’ भएको भन्दै शवलाई नगरपरिक्रमा समेत गराएका छन्।