नयाँ दिल्ली, २९ जेठ । कोभिडसम्बन्धी समस्याका कारण भारतीय कंग्रेस पार्टी अध्यक्षा सोनिया गान्धी अस्पताल भर्ना हुनुभएको छ । उहाँको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको पार्टीले जनाएको छ । ‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिडसम्बन्धी समस्याको कारण आइतबार गंगाराम अस्पतालमा भर्ना गरिएको थियो ।
उहाँको अवस्था स्थिर छ । निरीक्षणको लागि अस्पतालमा राखिनेछ’, पार्टी प्रवक्ता रणदीप सुरजेवालाले ट्वीटमा भन्नुभएको छ । सोनियालाई केही दिनअघि कोभिड पोजेटिभ देखिएको थियो । कोभिड संक्रमण देखिएपछि उहाँ आफ्नै निवासमा आइसोलेसनमा रहनुभएको थियो । उहाँ चिकित्सकको निरन्तर निगरानीमा हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्