रुस,१ असार ।रुसले पूर्वी युक्रेनी सहर सेभेरोडोनेत्स्कमा रहेको एजट केमिकल प्लान्टमा आश्रय लिएका युक्रेनी फौजलाई आत्मसमर्पण
गर्ने मौका दिएको बताएको छ ।
सहर कब्जा गर्न खोजिरहेका रुसी सेनाले तीव्र गोलाबारी गर्दैगर्दा युक्रेनी सर्वसाधारण र सैनिकहरू कारखानामा लुकेको स्थानीय
अधिकारीहरूले बताएका छन् ।रुसले सर्वसाधारणलाई बाहिर जान अनुमति दिन बुधबार मानवीय करिडोर खोल्ने बताएको छ ।
यसैबीच,रुसले युक्रेनी फौजलाई मूर्ख प्रतिरोध बन्द गर्न र हतियार बिसाउन आग्रह गरेको छ । आत्मसमर्पणको आह्वान गर्दै रुसी रक्षा
मन्त्रालयले युक्रेनी फौजले सर्वसाधारणलाई मानव ढालको रूपमा प्रयोग गरेको आरोप लगाएको छ । युक्रेनी अधिकारीहरूले एजट
प्लान्टभित्र पाँच सय भन्दा बढी सर्वसाधारण लुकेको र उनीहरूलाई सहयोग गर्न कठिन भएको तर प्लान्टभित्र केही भण्डारहरू रहेको
बताएका छन् ।













प्रतिक्रिया दिनुहोस्